NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ थिंलागा द्वितीया - १७

परिचय

साबिकको केन्द्रीय तथ्याङ्क विभाग(हाल राष्ट्रिय तथ्याङ्क कार्यालय)को स्थापना तथ्याङ्क ऐन, २०१५ बमोजिम वि.स. २०१५ साल पौष १७ गते भएको हो । तथ्याङ्क ऐन, २०७९ तथा नियमावली, २०८० बमोजिम तथ्याङ्क संकलन, प्रशोधन, संग्रह, प्रकाशन, विश्लेषण गर्ने समेतको प्रयोजनका लागि राष्ट्रिय तथ्याङ्क कार्यालयबाट संचालन गरिने गणना, सर्वेक्षण तथा सूचनाको निर्माण कार्यमा सहयोग पुर्याउन नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८०/०९/१२ को निर्णयानुसार ३३ वटा तथ्यांक कार्यालयहरु खारेज भई हाल १८ वटा तथ्याङ्क समन्वय कार्यालयहरुको संगठन संरचना तथा दरबन्दी तेरिज स्वीकृत भएका मध्ये तथ्याङ्क समन्वय कार्यालय, मकवानपुर पनि एक हो । हाल यस कार्यालय बाग्मती प्रदेश, मकवानपुर जिल्लाको सदरमुकाम हेटौंडा उप-महानगरपालिका-११ स्थित थानाभर्याङमा रहेको छ । यस कार्यालयको कार्यक्षेत्रभित्र चितवन,मकवानपुर र सिन्धुली गरी तीन जिल्लाहरु पर्दछन् । तथ्याङ्क कार्यालयको स्थापनापछि स्थानीयस्तरमा राष्ट्रिय तथ्यांक कार्यालयबाट संचालन हुने गणना एवं सर्वेक्षणहरुमा सहयोगी भूमिका निभाउनुको अतिरिक्त तथ्याङ्क समन्वय कार्यालयको आफ्नै वार्षिक कार्यक्रमहरू पनि संचालन हुँदै आएका छन् । जिल्लास्तरमा यस कार्यालयले सेवाग्राही जनताहरुलाई सर्वसुलभ रुपमा नि:शुल्क तथ्याङ्क उपलब्ध गराउँदै आएको छ । कार्यालयको कार्य संचालन विधि मुलत तथ्याङ्क ऐन, २०७९ र तथ्याङ्क नियमावली, २०८० बाट निर्देशित रहेको छ । यसको अतिरिक्त केन्द्रीय संगठन दिग्दर्शन, २०५४ र केन्द्रीय तथ्याङ्क विभागको कार्यविधि २०६१ तथा नेपाल सरकारबाट जारी भएका निर्देशिका, परिपत्र र प्रचलित आर्थिक प्रशासनिक कानुनहरुनै यस कार्यालयको कार्यविधिका आधारहरु हुन् । यसले समयमै भरपर्दो, सामाजिक-आर्थिक, तथ्याङ्कहरु मुख्य रुपमा जनगणना र सर्वेक्षणको संचालनको माध्यमबाट तयार गर्दछ ।

त्यसैगरी देशको सामाजिक स्थिति, आर्थिक अवस्थाको मापन गर्न नियमित रुपमा विभिन्न घरपरिवार सर्वेक्षण, दश वर्षे जनगणना, कृषि गणना, औद्यौगिक गणना, औद्यौगिक सर्वेक्षण साथसाथै जीवनस्तर सर्वेक्षण, श्रम शक्ति सर्वेक्षण गर्दछ ।