वि.सं:
नेपाल संवत: ११४६ थिंलागा द्वितीया - १७
उद्देश्यहरु ः-
१. योजना र नीति तर्जुमाका लागि राष्ट्रिय तथ्याङ्क कार्यालय (NSO) लाई समयमै गुणस्तरीय तथ्याङ्क उपलब्ध गराउने र जिल्लाको सामाजिक-आर्थिक अवस्थाको जानकारी लिने ।
२. तथ्याङ्क सङ्कलन, प्रोसेसिङ, विश्लेषण, प्रकाशन, प्रसारण र संकलित तथ्याङ्कको संरक्षण गर्ने ।
३. तथ्याङ्कीय विसंगतिहरूबाट बच्न डाटा सङ्कलन, प्रशोधन र विश्लेषणमा संलग्न विभिन्न निकायहरूसँग समन्वय गर्ने।
४. NSO लाई सहयोग गर्न जिल्लामा तथ्याङ्कीय गतिविधिहरूमा अग्रणी भूमिका निर्वाह गरी मानक तथ्याङ्कीय प्रणाली विकास गर्न मद्दत गर्ने ।
५. जिल्लामा तथ्याङ्कीय जनशक्ति विकास गर्ने ।